Kathmandu Press

मानव अधिकार शिक्षा बाँड्दै गुणराज

काठमाडौं, असोज १४ : सन् २००७ मा यूके गएका काभ्रेका गुणराज प्याकुरेल अहिले मानव अधिकारको शिक्षामा सक्रिय रुपमा लागेका छन्। १३ वर्षको उमेरदेखि स्काउटमा...
मानव अधिकार शिक्षा बाँड्दै गुणराज

काठमाडौं, असोज १४ : सन् २००७ मा यूके गएका काभ्रेका गुणराज प्याकुरेल अहिले मानव अधिकारको शिक्षामा सक्रिय रुपमा लागेका छन्। 

१३ वर्षको उमेरदेखि स्काउटमा आबद्ध रहेका उनी विश्व जिम्मेवारीमा बेलायत पुगेपछि मानव अधिकार शिक्षाको बारेमा थाहा पाएका थिए।

२०११ सालदेखि नेपालमा सक्रिय रुपमा युथ फोरम ह्युमन राइट्स नामक संस्थामा आवद्द रहेका उनी हाल संस्थाको अध्यक्ष रहेका छन्। 

यस संस्थाको हाल ३६ वटा जिल्लामा शाखा विस्तार भइसकेको छ। ‘हामी सबै उमेरका व्यक्तिहरुलाई मानव अधिकार शिक्षा दिइरहेका छौं। वार्षिक रुपमा झण्डै १२ हजार व्यक्तिहरु लाई  प्रशिक्षण गरिरहेका छौं। हामी उनीहरुलाई मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रका ३० वटा बुँदाबारे प्रशिक्षण दिन्छौं’, उनी भन्छन्।

उनका अनुसार विद्यालय, कलेज र सशस्त्र प्रहरी बलका जवानहरुलाई मानवअधिकार सम्बन्धी कानूनबारे प्रशिक्षण दिइन्छ। यसमा अडियो र भिजुअल प्रविधि पनि अपनाइन्छ।

प्रकाशित मिति: २०:५९ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्