Kathmandu Press

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला

पेरिस, असोज १४ : फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ। सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि...
फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला

पेरिस, असोज १४ : फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ। 

सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो। 

सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो।

सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो। यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो।

त्यो घटनाका कारण ६६ वर्षीय सार्कोजीलाई गत मार्चमा तीन वर्षे जेल सजाय तोकिएको छ। 

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, असोज १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्