Kathmandu Press

एस नेपालका अध्यक्ष नेपालको स्वास्थमा सुधार, पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, असोज १४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थमा सुधार आएको छ।त्रिवि शिक्षण अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शरीरको...
एस नेपालका अध्यक्ष नेपालको स्वास्थमा सुधार, पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, असोज १४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थमा सुधार आएको छ।

त्रिवि शिक्षण अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शरीरको तापक्रम, रक्त चापलगायत अन्य अवस्था सामान्यमा सुधार आएको जनाएको हो । यस्तै नेपालको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

सामान्य ज्वरो, वान्ता आउने, पेटको गडबढी छातीमा केही समस्या उत्पन्न भएकोले १३ असोजमा नेपाललाई अस्पतालमा भर्ना गरिएको थियो। 

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्