Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम, असोज १४ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ  प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार...
सुदूरपश्चिम प्रदेशमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम, असोज १४ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।  प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो। 

सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। सो अवधिमा प्रदेशभर ३९ जना  कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन्। बुधबार सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भए। 

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्