Kathmandu Press

सहसचिव गोपालप्रसाद सिग्देल सचिवमा बढुवा

सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गरेको छ ।
सहसचिव गोपालप्रसाद सिग्देल सचिवमा बढुवा

काठमाडौं, असोज १४ : सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै, विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

जेनेभामा आयोजना हुने डब्लूटीओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन सरकारले स्वीकृति दिएको छ । यस्तै, इन्टरपोलको ८९ औँ महासभामा भाग लिन जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्