Kathmandu Press

नेपाल बैंकको नाफा ६० कराेडले घट्यो

काठमाडौं, साउन १७ : नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६० कराेड रुपैयाँ घटेको छ। यो अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो।

गत आर्थ....

नेपाल बैंकको नाफा ६० कराेडले घट्यो

काठमाडौं, साउन १७ : नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६० कराेड रुपैयाँ घटेको छ। यो अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो।

गत आर्थिक वर्षमा बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा तीन अर्ब २१ करोड रुपैयाँ थियो।

खुद ब्याज आम्दानी ३.१ प्रतिशतले घट्दा बैंकको नाफामा प्रभाव पारेको छ। बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकको चुक्त पूँजी नौ अर्ब ८१ करोड रुपैयाँ छ भने सेयर प्रिमियममा तीन अर्ब २६ करोड र जगेडामा १३ अर्ब ३४ करोड रुपैयाँ छ।

खराब कर्जा ३.३७ प्रतिशतबाट २.५८ प्रतिशतमा झारेको छ। स्प्रेडदर ४.९९ प्रतिशतबाट ४.४५ प्रतिशतमा झारेको छ। बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ छ।

अघिल्लो वर्ष बैंकले खुद व्याज आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेकोमा गत वर्ष ६ अर्ब १७ करोड रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, साउन १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्