Kathmandu Press

प्रदेश १ मा १८७ कोरोना सङ्क्रमित थपिए

विराटनगर, असोज १४ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८७ कोरोना सङ्क्रमित थपिएका छन्। एक हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७...
प्रदेश १ मा १८७ कोरोना सङ्क्रमित थपिए

विराटनगर, असोज १४ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८७ कोरोना सङ्क्रमित थपिएका छन्। 

एक हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ तथा ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५१, झापामा ५१, सुनसरीमा २७, इलाम र धनकुटामा तीन तीन तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा कोरोना देखिएको हो। 
    
प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ महिलासहित १९१ जना कोरोनाबाट मुक्त भएका छन्। सो अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:३४ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्