२४ घन्टामा थपिए १०८७ संक्रमित, निको हुने ९११ जना, १२ को मृत्यु
८,५५५ जनामा गरिएको पिसिआर परीक्षणबाट ८९८ र ३,२१० जनामा गरिएको एन्टिजेन परीक्षणबाट १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, असोज १४ : पछिल्लो २४ घन्टामा देशभरिमा १,०८७ जना कोरोना संक्रमित थपिएका छन्।
८,५५५ जनामा गरिएको पिसिआर परीक्षणबाट ८९८ र ३,२१० जनामा गरिएको एन्टिजेन परीक्षणबाट १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९५,०६१ जनामा र एन्टिजेन परीक्षणबाट ९१,५५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ९११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६५,७५८ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१३५ पुगेको छ।
अहिले देशभरिमा १८,१६८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार