Kathmandu Press

रिडी हाइड्रोपावरले १२.६५ नगद लाभांश दिने

काठमाडौं, असोज १४ : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १२.६५ नगद लाभांश दिने घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले कर सहित यो...
रिडी हाइड्रोपावरले १२.६५ नगद लाभांश दिने

काठमाडौं, असोज १४ : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १२.६५ नगद लाभांश दिने घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले कर सहित यो नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले नगद लाभांश प्रस्ताव वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १२ गते वार्षिक साधारणसभा गर्ने पनि जनाएको छ। सो सभाले पारित गरेर नेपाल राष्ट्र बैंकको स्वीकृति पाएलगत्तै लगानीकर्ताले लाभांश प्रापत गर्नेछन्।

गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिएको थियो। 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, असोज १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्