Kathmandu Press

‘अहिलेको संघीय शासन प्रणालीबाट मुलुकले स्थिरता र स्थायित्व प्राप्त सक्दैन’

कास्की, असोज १४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुकको संघीय शासन प्रणाली नै गलत रहेको बताउँदै त्यसलाई सच्याउनुपर्नेमा जोड दिएका...
‘अहिलेको संघीय शासन प्रणालीबाट मुलुकले स्थिरता र स्थायित्व प्राप्त सक्दैन’

कास्की, असोज १४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुकको संघीय शासन प्रणाली नै गलत रहेको बताउँदै त्यसलाई सच्याउनुपर्नेमा जोड दिएका छन्।

आज (बिहीबार) पोखरामा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई सम्बोधन गर्दै उनले उनले सातवटा प्रदेश हुने अहिलेको संघीय शासन प्रणालीबाट मुलुकले स्थिरता र स्थायित्व प्राप्त नसक्ने तर्क गरे।

उनले संघीयतालाई ब्रिटिस साम्राज्यवादी आफू पुगेको ठाउँमा लगेको तर्क गर। तिनै साम्राज्यवादीले फैलाएको शासन व्यवस्थाको नेपालमा गलत प्रचार गरिएको र असफल भएको उनको भनाइ थियो।

संघीयता एकात्मक प्रणाली भएको उल्लेख गर्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा पनि जोड दिए। संघीयता आएको भनिए पनि सबै शक्ति केन्द्रीकृत भएको दाबी उनले गरे।

‘संघमा सानो संख्यामा मन्त्रालय राखेर कृषि, खेलकुद, पर्यटनजस्ता मन्त्रालय प्रदेशलाई नै दिनुपर्छ,’ उनले भने। उनले अब राजनीतिलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।

दलित र गैरदलितबीच ठूलो खाडल रहेको, निर्वाचन प्रणाली पचाउनै गाह्रो खालको भएको, मध्यम र गरिब परिवारका मान्छे चुनाव लड्ने स्थिति नभएको उल्लेख गर्दै उनले अब मुलुक समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने स्थिति आएको बताए।

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्