Kathmandu Press

सेतो पुतलीबाट आँखामा लाग्ने सापु रोग के हो र कसरी  बच्ने ? 

काठमाडौं, असोज १४ : विगत तीन हप्तामा सापु रोगबाट सयजना बिरामी परेका छन्। सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ।   ४६...
सेतो पुतलीबाट आँखामा लाग्ने सापु रोग के हो र कसरी  बच्ने ? 

काठमाडौं, असोज १४ : विगत तीन हप्तामा सापु रोगबाट सयजना बिरामी परेका छन्। सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ।   ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ। 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ  डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्न सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरे। भदौदेखि मङ्सिरसम्म सो रोग  देखिने गर्दछ। 

उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुका साथै आँखाको सबै पत्र द्रुतगतिमा सुनिन्छ र भित्री भागमा पिप जम्दै जान्छ। 

नेपालमा सापु रोग २०३२ सालमा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो। रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ। ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ। सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १ , वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन्। 

उहाँले सबै सेतो पुतली हानिकारक नभएको र  कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताए। अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन्। कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ। 

कसरी बच्ने ?

सेतो पुतलीको संसर्गबाट टाढा रहने,
बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔं पुतली समाप्ने निधारमा दल्ने कामबाट परै राख्ने, 
राति सुत्दा बत्ती निभाएर सुत्ने,
बाल्नै परे मधुरो पारेर बाल्ने,
सकेसम्म झ्यालढोका बन्द गर्ने,
झुल लगाएर सुत्ने। 
(रासस)

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्