अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, असाेज १४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार भर्ना भएका अध्यक्ष नेपाल अहिले उपचारका क्रममा छन्।
अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए।
अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
वरिष्ठ छातीरोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ।
प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











