Kathmandu Press

एमाले विधान महाधिवेशनको सबै तयारी पूरा (विज्ञप्तिसहित)

काठमाडौं, असाेज १४ : तीन दिन चल्ने एमाले विधान महाधिवेशन भोलि (शुक्रबार) सुरु हुँदैछ। त्यसका लागि सबै तयारी सकिएको एमालेले बताएको छ।महाधिवेशन मूल व्यवस्थापन समितिले...
एमाले विधान महाधिवेशनको सबै तयारी पूरा (विज्ञप्तिसहित)

काठमाडौं, असाेज १४ : तीन दिन चल्ने एमाले विधान महाधिवेशन भोलि (शुक्रबार) सुरु हुँदैछ। त्यसका लागि सबै तयारी सकिएको एमालेले बताएको छ।

महाधिवेशन मूल व्यवस्थापन समितिले आज (बिहीबार) पत्रकार सम्मेलन गरेर विधान महाधिवेशनमा ६ हजार नेता कार्यकर्ता सहभागी हुने बताएको छ।  

महाधिवेशन ललितपुरको गोदावरीस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुने जनाइएको छ।

‘मूल सभाहलमा तीन हजार प्रतिनिधि, हलको दायाँबायाँ एक/एक हजार प्रतिनिधि तथा हलको दायाँबायाँका प्यासेजहरूको माथिल्लो भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने एक/एक हजार क्षमताका हल निर्माण गरिएको छ,’ मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महाधिवेशनमा सहभागीलाई बिहानको खाना र दिउँसोको खाजा पार्टीले वयवस्था गर्ने र बेलुकीको खाना र बासस्थानको व्यवस्था भने आफैंले गर्नुपर्ने जनाइएको छ। 

सवारीसाधन नहुने जनप्रतिनिधिलाई सातदोबाटोबाट पार्टीका झन्डावाल गाडीले महाधिवेशनस्थल गोदावारी लैजानेछ भने बेलुका फेरि सातदोबाटोमै ल्याएर छाड्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ।

 

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्