Kathmandu Press

सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

काठमाडौं, असोज १४ : सिभिल लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीलाई...
सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

काठमाडौं, असोज १४ : सिभिल लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाका लागि १ प्रतिशत नगद लाभांशसहित कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्