हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ
काठमाडौं, असोज १४ : हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।यसअघि सोही...
काठमाडौं, असोज १४ : हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
यसअघि सोही बैंकमा डाइरेक्टर रहेका श्रेष्ठले नियुक्ति पाएकै दिनदेखि काम थालेका छन्। यसअघि तुलसीप्रसाद गौतम बैंक अध्यक्ष थिए।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया चलिरहेको छ। आगामी कात्तिकदेखि ती बैंकले एकीकृत कारोबार थाल्ने तयारी गरेका छन्।
प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











