Kathmandu Press

इक्वेडरमा कैदीबीचको झडपमा २४ को मृत्यु, ४२ घाइते

क्विटो, असोज १४ : इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ।बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु...
इक्वेडरमा कैदीबीचको झडपमा २४ को मृत्यु, ४२ घाइते

क्विटो, असोज १४ : इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ।

बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ। यसअघि २४ जनाको मृत्यु भएको र अरु ४२ जना घाइते भएका बताइएको थियो। मंगलबार भएको सो झडपमा परेर मृत्यु हुनेको संख्या बुधबार ३० पुगेको र घाइतेहरु ५२ जना पुगेको बताइएको छ।

Hardik ivf

कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन्। उनीहरु आफैँबीच भएको झडपका क्रममा धेरै जना घाइते भएका बताइएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्री तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो। 

राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच आपसी झगडाका कारण यस्तो झडप हुन पुगेको बताएको छ। इक्वेडरका कारागारमा समयसमयमा यस्तो झडप हुने गरेको छ।

गत फेब्रुअरीमा पनि यहाँका तीन कारागारमा झडप भएको थियो र त्यसमा परेर ७९ जनाको ज्यान गएको थियो।

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्