प्रधानसेनापति शर्मा र राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्तीबीच भेट
प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बिसोलो न्यान्तीबीच बिहीबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ ।
काठमाडौं, असोज १४ : प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बिसोलो न्यान्तीबीच बिहीबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत द्विपक्षीय महत्त्वका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ । ‘यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास छ,’ सेनाले भनेको छ ।
प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











