Kathmandu Press

घट्यो सुनचाँदीको मूल्य  

काठमाडौं, असोज १४ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. २०० ले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला रु. ८८ हजार ९०० मा...
घट्यो सुनचाँदीको मूल्य  

काठमाडौं, असोज १४ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. २०० ले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला रु. ८८ हजार ९०० मा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु. ८८ हजार ७०० तोकिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु. ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला रु. ८८ हजार ४५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला रु. ३५ ले घटेको छ। बुधबार प्रतितोला रु. एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु. एक हजार १२० तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असोज १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्