रुसी र टर्किस राष्ट्रपतिबीच भेटवार्ता, सिरियाबारे कुराकानी
मस्को, असोज १४ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच भेटवार्ता भएको छ।उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यबारे...
मस्को, असोज १४ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच भेटवार्ता भएको छ।
उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यबारे कुराकानी भएको बताइएको छ।
उनीहरुबीच पछिल्लो समयमा सिरिया र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी भएको बताइएको छ।
उनीहरुबीचको कुराकानीले आगामी दिनमा पनि सो सहकार्यले निरन्तरता पाउने सहमति भएको बताइएको छ। रुस र टर्कीको संयुक्त सैन्य समूहले पछिल्ला केही वर्षयता सिरियामा सहकार्य गरिरहेको छ।
सिरियामा अतिवादीहरुका विरुद्धमा यी दुई देशबीचको सेनाले संयुक्त सैन्य कारबाही पनि गर्दै आएको छ।
सिरियामा जारी रहेको सैन्य र अन्य सहकार्य सफल रहेको निष्कर्ष पनि दुई नेताहरुले निकालेका थिए। एर्डोगानले पुटिनसँग सैन्य, व्यापार तथा लगानीका अन्य विषयहरुमा पनि कुराकानी भएको बताएका थिए।
उनले लामो समयपछि भएको यो उच्चस्तरीय भेटवार्ता द्विपक्षीय सम्बन्धको विकास र विस्तारका लागि ठूलो सहयोग पुग्ने बताए।












