Kathmandu Press

हवाई उडान पुनः सञ्चालन गर्न भारतलाई तालिबान सरकारको आग्रह

नयाँ दिल्ली, असोज १४ : अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सञ्चालन गर्न भारत सरकारसँग आग्रह गरेको छ।तालिबान...
हवाई उडान पुनः सञ्चालन गर्न भारतलाई तालिबान सरकारको आग्रह

नयाँ दिल्ली, असोज १४ : अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइआएको हवाई उडानलाई सञ्चालन गर्न भारत सरकारसँग आग्रह गरेको छ।

तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु नियमित गरिदिन आग्रह गरेका हुन्। 

Hardik ivf

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो।

तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए। तर पाकिस्तानले भने केही दिनअघिदेखि इस्लामाबाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ। 

भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन्।

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्