Kathmandu Press

प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको अवरोध

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको बताउनासाथ एमाले सांसदहरू रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गर्न थालेका थिए। सभामुख सापकोटाले आ-आफ्नो सिटमा बसेर बैठकलाई सहज बनाउन विशेष आग्रह गर्दा पनि एमाले सांसदहरूले नाराबाजी कायम राखेका थिए।
प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको अवरोध

काठमाडौं, असोज १४ : प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक नाराबाजी गर्दै अवरुद्ध बनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको बताउनासाथ एमाले सांसदहरू रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गर्न थालेका थिए । सभामुख सापकोटाले आ-आफ्नो सिटमा बसेर बैठकलाई सहज बनाउन विशेष आग्रह गर्दा पनि एमाले सांसदहरूले नाराबाजी कायम राखेका थिए ।

नाराबाजीकै बीचमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयबाट प्राप्त सन्देश पढेर सुनाएका थिए ।

त्यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन, २०७८ सदनमा प्रस्तुत गर्न सभामुखले अनुमति दिएका थिए ।

१९ असोज मंगलबार अर्को बैठक बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको सभामुख सापकोटाले सदनलाई जानकारी दिए ।

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्