असोज १७ को राष्ट्रियसभा बैठक १८ मा सारियो
काठमाडौं, असोज १४ : राष्ट्रिय सभाको आगामी आइतबार (असोज १७) का दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको छ।संघीय संसदका महसचिव डा....
काठमाडौं, असोज १४ : राष्ट्रिय सभाको आगामी आइतबार (असोज १७) का दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको छ।
संघीय संसदका महसचिव डा. भरतराज गौतमले आज (बिहीबार) एक सूचना जारी गरेर विशेष कारणले बैठक सारिएको जानकारी दिएका हुन्।
अर्को बैठक आगामी सोमबार (असोज १८) बिहान ११ बजे बस्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











