राजकुमार लेखीले छाडे लोसपा, एमालेमा जाने सम्भावना
काठमाडौं, असोज १४ : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारणी समिति सदस्य राजकुमार लेखीले सो पदबाट राजीनामा दिएका छन्। उनले...
काठमाडौं, असोज १४ : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारणी समिति सदस्य राजकुमार लेखीले सो पदबाट राजीनामा दिएका छन्।
उनले आज (बिहीबार) बिहान लोसपा अध्यक्ष ठाकुरसमक्ष राजीनामापत्र बुझाएका हुन्। नयाँ राजनीतिक यात्रा थालनी गर्ने निर्णय गरेर आफूले लोसपाको कार्यकारणी समिति सदस्यबाट राजीनामा दिएको प्रतिक्रिया उनले दिएका छन्।
नयाँ पार्टी बनाउने तर पुरानै पार्टीको आलोचना मात्रै गरेर मात्र नहुने उल्लेख गर्दै उनले पार्टीलाई वैकल्पिक शक्ति बनाउने आफ्नो प्रयास असफल भएको हुनाले लोसपा छाडेको बताए।
नयाँ पार्टीहरू पुराना पार्टीभन्दा गएगुज्रेको अवस्थामा पुगेको जिकिर गर्दै उनले अब आफ्नो राजनीतिक यात्राका लागि कांग्रेस, माओवादी केन्द्र र एमालेमध्ये एउटासँग जोडिने जानकारी दिए।
स्रोतको भनाइअनुसार उनले एमालेमा जाने सोच बनाएर लोसपा परित्याग गरेका हुन्।











