अब सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
काठमाडौं, साउन १७ : अब सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएका छन् । ब्याजदर निर्धारण समितिले बचतम.... काठमाडौं, साउन १७ : अब सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएका छन् । ब्याजदर निर्धारण समितिले बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम् १६ भन्दा बढी लिन नपाउने निर्णय गरेकाे हाे। सहकारी संस्थाले बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि १८ प्रतिशतभन्दा बढी लिन नपाउने गरी सिलिङ तोकेको छ। सहकारी ऐन-२०७४ को दफा ५१ अनुसार ब्याजदर तोक्नका लागि सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन हुने समितिमा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक र विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। सहकारी ऐन २०७४ मा गरिएको व्यवस्थाअनुसार नियमावलीले सन्दर्भ ब्याजदर तोक्ने आधारहरू समेत निर्धारण गरेको थियाे। सरकारले स्वनियमनमा चल्ने संस्था भन्दै सहकारीको कारोबारलाई स्वतन्त्र छोड्दै आएको थियो। यसले वित्तीय सहकारीमा जोखिम बढेपछि सरकारले नयाँ कानुनमा कडाइ गरेको हो। सहकारीले बचत र ऋणमा ६ प्रतिशतकाे अन्तर पारेर ब्याज लिदै आएका छन । बिहीबार बसेकाे ब्याजदर निर्धारण समितिले ब्याजदर ताेकेसँगै अब सहकारी संस्थाले जथाभावी ब्याज लिन पाउने छैनन्।










-1754206481.jpg)
