Kathmandu Press

आन्तरिक राजस्व कार्यालय सुनसरीले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

सुनसरी, असोज १४ : आन्तरिक राजस्व कार्यालय सुनसरीले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकोको छ । उसले कूल रु दुई...
आन्तरिक राजस्व कार्यालय सुनसरीले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

सुनसरी, असोज १४ : आन्तरिक राजस्व कार्यालय सुनसरीले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकोको छ । उसले कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा ५८ करो रुपैयाँ बढी राजस्व संकलन गरेको हो।

सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख  रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए। संकलित राजस्वमा आयकर ९७ करोड २८ लाख रुपैयाँ, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख रुपैयाँ छ ।

लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल रु दुई अर्ब ३५ करोड राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष ५२ करोड रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल २६ करोड ६१ लाख रुपैयाँ र भदौमा १२ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उनले चालु आवमा वार्षिक रु दुई अर्ब ४२ करोड ७० लाख राजस्व संकलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे।

 

प्रकाशित मिति: ०९:५१ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्