Kathmandu Press

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै

काठमाडौं, असोज १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्न लागेको छ।प्रधानमन्त्री देउवाले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय...
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं, असोज १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्न लागेको छ।

प्रधानमन्त्री देउवाले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ।

संसद्को गतिरोध अन्त्य गर्नका लागि छललफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।

नेकपा (एमाले)का सांसदले केही दिनदेखि संसद्मा अवरोध गर्दै आएका छन्। उनीहरुले एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) का सांसदलाई कारबाही गर्न माग गरिरहेका छन्।

 

प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्