Kathmandu Press

राजस्थानमाथि बैंग्लोर ७ विकेटले विजयी

काठमाडौं, असोज १४ : इन्डियन प्रिमियर लिग आईएिलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ।बुधबार राति दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन...
राजस्थानमाथि बैंग्लोर ७ विकेटले विजयी

काठमाडौं, असोज १४ : इन्डियन प्रिमियर लिग आईएिलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ।

बुधबार राति दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हरायो। पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १५० रनको लक्ष्य बैंग्लोरले १७.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो।

उसका लागि ग्लेन म्यासवेलले सर्वाधिक ५० रन बनाए। उनले ३० बलमा ६ चौका र १ छक्का प्रहार गरे।

यस्तै, श्रीकर भारतले ३५ बलमा ४४ रन बनाउँदा कप्तान विराट कोहलीले २५ र देवदत्त पाडिकलले २२ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो। उसका लागि इभान लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले भने याशस्भी जैसवालले ३१ र कप्तान सन्जु सामसनले १९ रन बनाए।

बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए भने युजभेन्द्र चाहल र शाहबाज अहमेदले समान २ विकेट लिए।

यस जितसँगै बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ। बैंगलोर तेस्रो स्थानमा रहेको छ। राजस्थान ८ अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: ०७:०५ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्