नेकपा एसका अध्यक्ष नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पताल भर्ना
काठमाडौं, असोज १३ : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएका छन् ।ज्वरो र खोकीको समस्याका...
काठमाडौं, असोज १३ : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएका छन् ।
ज्वरो र खोकीको समस्याका कारण नेपाललाई आज आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह दिएका छन् । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पनि सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २०:३८ बजे, बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











