Kathmandu Press

प्रधान सेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

काठमाडौं, असोज १३ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत  अदनान जावेद खानबीच भेटवार्ता भएको छ ।भद्रकाली...
प्रधान सेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

काठमाडौं, असोज १३ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत  अदनान जावेद खानबीच भेटवार्ता भएको छ ।

भद्रकाली स्थित जंगी अड्डा प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्