Kathmandu Press

राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

काठमाडौं, असोज १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् ।बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने...
राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

काठमाडौं, असोज १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् ।

बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्