Kathmandu Press

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे बोलाए सर्वदलीय बैठक

संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन्।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे बोलाए सर्वदलीय बैठक

काठमाडौं, असोज १३ : संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले संघीय संसदमा उपस्थित दलहरूको बैठक बोलाएका हुन् । संघीय संसदमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (समाजवादी केन्द्र), जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, राप्रपाको उपस्थिति छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आफ्ना तत्कालीन १४ जना सांसदलाई पदबाट बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले २३ भदौदेखि सुरु भएको संघीय संसद अधिवेशनअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गर्दै आएको छ ।

नेकपा (एकीकृत समाजवादी) दर्ता प्रयास सुरु भएपछि एमालेले ती सांसदलाई पदबाट हटाउन संघीय संसदमा सूचना दर्ता गराएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरी एमाले विभाजनमा साथ दिएको आरोप उक्त पार्टीले लगाउँदै आएको छ ।

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्