Kathmandu Press

क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

काठमाडौं, असोज १३ : नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । बुधबार एक कार्यक्रम...
क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

काठमाडौं, असोज १३ : नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । बुधबार एक कार्यक्रम गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठ र प्याकुरेल दुवै दुई वर्षअघि निर्वाचित भएका थिए । पदावधि नसकिँदै दुवैले पदबाट राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्दै उनीहरुले क्यान नेतृत्वसँग कुनै छलफल नभएको बताएका छन् ।

राजीनामा घोषणा गर्न आयोजित कार्यक्रममा सचिव प्याकुरेलले आइसिसीबाट क्यानको निलम्बन फुकुवा भएको र बजेट लगायत सबै आउन थालेकाले आफूहरूको लक्ष्य पूरा भएकाले राजीनामा  दिएको बताए।

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्