Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३३५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३३५ कोरोना संक्रमित

काठमाडौं, असोज १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३३५ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २६५, भक्तपुरमा २८ र ललितपुरमा ४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,४१७ रहेको छ।

तीमध्ये काठमाडौंमा २,५१७, भक्तपुरमा ८२८ र ललितपुरमा १,०७२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्