२४ घन्टामा थपिए १५५७ संक्रमित, निको हुने १११३ जना
अहिले देशभरिमा १८,१९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं, असोज १३ पछिल्लो २४ घन्टामा देशभरिमा १,५५७ जना कोरोना संक्रमित थपिएका छन्।
१०,६५२ जनामा गरिएको पिसिआर परीक्षणबाट ८९२ र ३,८८९ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९४,१६३ जनामा र एन्टिजेन परीक्षणबाट ९१,३७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा १,११३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६४,८४७ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१२३ पुगेको छ।
अहिले देशभरिमा १८,१९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५० बजे, बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











