Kathmandu Press

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

गलेश्वर, असोज १३ : भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फाँपरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गगरेका छन्।१७ वर्ष भारतीय सेनामा काम...
सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन
तस्बिर : रासस

गलेश्वर, असोज १३ : भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फाँपरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गगरेका छन्।

१७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेका हुन्। उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गर्नुभएको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेका छैनन्, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन्।

२१ लाखको लगानीबाट कालिजपालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कंदैछन्। यस अवधिमा उनले ११० वटा कालिज बिक्री गरेका छन्। लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएका हुन्।

‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ,’ ३९ वर्षीय फरासिला घिमिरेले भने, ‘पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ।’ 

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन्। त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए। कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा ३ हजार ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको उनले जानकारी दिए।


कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्। त्यसका साथै हरियो भुइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा स्थानीय तीन व्यक्तिले रोजगारीसमेत पाएका छन्।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ। पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए।

कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ।
 
पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको छ। (रासस)

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्