Kathmandu Press

कांग्रेस उदयपुर अधिवेशन : दुई पालिकामा सर्वसम्मत, ६ वटामा निर्वाचन

उदयपुर, असोज १३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ। आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ...
कांग्रेस उदयपुर अधिवेशन : दुई पालिकामा सर्वसम्मत, ६ वटामा निर्वाचन

उदयपुर, असोज १३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ। 

आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो।

जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ। 

निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालले बताए।

उनका अनुसार रौतामाईमा घमानसिंह मगर र लिम्चुङबुङमा नेत्रबहादुर कार्की पार्टी सभापतिमा विजय भएका छन्। त्यस्तै जिल्लाको उदयपुरगढीमा यमबहादुर पाण्डे र ताप्लीमा  दीपकुमार रासकोटी सर्वसम्मत रुपमा सभापतिमा चयन भएको छ।

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्