Kathmandu Press

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

टोकियो, असोज १३ : जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ। जापान भूगर्भ विभागले दिएको जानकारीअनुसार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो। 

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्।

स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ। भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्। 

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, असोज १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्