मंगोलियामा कोभिड-१९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो
उलान बटोर, असोज १३ : मंगोलियामा कोभिड-१९ सङ्क्रमितको संख्या ३ लाख नाघेको छ।गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि...
उलान बटोर, असोज १३ : मंगोलियामा कोभिड-१९ सङ्क्रमितको संख्या ३ लाख नाघेको छ।
गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या ३ लाख १ हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० वर्षभन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो। योसँगै मंगोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार १८५ पुगेको छ।
मंगोलियामा करिब ३४ लाख अर्थात कूल जनसंख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । यहाँँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी रहेको छ।
यहाँ दैनिक रुपमा २ हजारभन्दा बढी सङ्क्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ।
प्रकाशित मिति: १५:३९ बजे, बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












