Kathmandu Press

धर्मसंस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा. महत

काठमाडौं, असोज १३ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्। तराई-मधेसका मैथिली र थारु महिलाले...
धर्मसंस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा. महत

काठमाडौं, असोज १३ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्। 

तराई-मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सांस्कृतिक निधि, पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिवृद्धि गर्ने माध्यम भएकाले यस पर्वको संरक्षण गर्नुपर्ने बताए। 

सहमहामन्त्री डा. महतले नेपाली कांग्रेस हाम्रा धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई समुन्नत र सुसंस्कृति बनाउन कटिबद्ध रहँदै आएको स्पष्ट पार्नुभयो।

परापूर्वकालदेखि अवलम्बन गरिँदै आएका विभिन्न धर्म, संस्कृति र परम्पराले नेपालको विशिष्ट पहिचान दिएको बताउँदै उनले जितिया पर्व उल्लासमय वातावरणमा सम्पन्न हुन सकोस् भन्ने शुभकामना व्यक्त गरे। 

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्