Kathmandu Press

जापानको सत्तारुढ दलको अध्यक्षमा किसिडा, चाँडै प्रधानमन्त्री बन्ने

टोकियो, असोज १३ : जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किसिडा निर्वाचित भएका छन्। लिबरल डेमोक्रयाटिक पार्टी (एलडिपी) को निर्वाचन समितिले बुधबार उनलाई...
जापानको सत्तारुढ दलको अध्यक्षमा किसिडा, चाँडै प्रधानमन्त्री बन्ने

टोकियो, असोज १३ : जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किसिडा निर्वाचित भएका छन्। लिबरल डेमोक्रयाटिक पार्टी (एलडिपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो। 

जापानका पूर्व विदेशमन्त्रीसमेत रहेका किसिडाले २५७ मत ल्याएर जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ। उनका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याए। 

Hardik ivf

नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने संभावना रहेको छ। आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छन्।

उनले वर्तमान प्रधानमन्त्री योसिहिडे सुगालाई विस्थापित गर्नेछन्। सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन्।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन्। उनी प्रधानमन्त्री भएको झन्डै एक वर्षमै बिदा हुन लागेका छन्। 

नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षका भए। उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो। सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य रहदै आएका छन्। सन् २०१२ देखि २०१७ सम्म विदेशमन्त्री बनेका किसिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए। 

जापानको राजनीतिक परिवारका सदस्य किसिडाका बुवा र हजुरबुवासमेत प्रतिनिधिसभाको सदस्य थिए।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्