Kathmandu Press

प्रदेश-२ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका फाइल नियन्त्रण

अख्तियारले प्रदेश-२ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेर ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका फाइलहरू नियन्त्रणमा लिएको छ ।
प्रदेश-२ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका फाइल नियन्त्रण

काठमाडौं, असोज १३ : अख्तियारले प्रदेश-२ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेर ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका फाइलहरू नियन्त्रणमा लिएको छ ।

अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले छापा मारेको हो । चेलीबेटी पढाउन प्रेरित गर्ने लक्ष्यका साथ प्रदेश सरकारले मंसिर ०७५ देखि उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत प्रदेश सरकारले बालिकाहरूलाई साइकल वितरण गर्दै आएको छ । साइकल खरिद र वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्