Kathmandu Press

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

रुपन्देही, असोज १३ : लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ।आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको...
लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

रुपन्देही, असोज १३ : लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ।

आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेको हुन्।  

प्रदेशसभाको नवौं अधिवेशन सुरु भएयता कुनै बैठक पूर्ण रूपमा बस्न सकेका छैनन्। एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ।

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्