Kathmandu Press

बेलायतमा एकै दिन ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण

बेलायतमा एकै दिन ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण

लन्डन, असोज १३ : बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ। गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ। 

बेलायतमा मंगलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका थिए। अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्रमित पाइएको बताइएको थियो। तर मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ। 

Hardik ivf

तर बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन सङ्क्रमितहरु बढ्दै गएको बताएका छन्। मंगलबार सो संख्या केही कमी आएको हो। त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १६७ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ। थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ३७५ जना पुगेको पनि बताइएको छ।

यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन्। उनीहरुले यहाँ हरेक दिन ३० हजार जनाभन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन्।

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्