Kathmandu Press

भारतमा थपिए १८ हजार संक्रमित

भारतमा थपिए १८ हजार संक्रमित

नयाँ दिल्ली, असोज १३ : भारतमा थप १८ हजार ८ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन्। सङ्क्रमितमध्ये ११ हजार १ सय ९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ। 

Hardik ivf

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो सङ्ख्या १९४ दिनपछिकै सवैभन्दा कम हो। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड २९ लाख ८६ हजार १८० पुगेको छ। ती मध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्।

पछिल्लो समय दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो। पछिल्लो एक दिनमा देशभरी १५ लाख चार हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ। योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्