Kathmandu Press

सभामुख सापकोटाविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट बुधबार ‘हेर्न नमिल्ने’मा परेको छ।
सभामुख सापकोटाविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौं, असोज १३ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट बुधबार ‘हेर्न नमिल्ने’मा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा उक्त रिट सुनुवाइका लागि बुधबार पेशी तोकिएको थियो । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नता आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

१६ वैशाख ०६२ मा श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेलाबाटै लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता उनलाई जिउँदै खाल्डोमा पुरेको उल्लेख गर्दै उनकी पत्नी पूर्णिमायाले ०६४ सालमा प्रहरीमा जाहेरी दिएकी थिइन् । उनको जाहेरी प्रहरी नलिएपछि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । २२ फागुन ०६४ मा उनको रिट दर्ता भएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले सपाकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध लामाकी पत्नी पूर्णिमाया फेरि सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्