Kathmandu Press

असोज २० देखि मध्य भोटेकोसीको आइपिओ आउँदै

काठमाडौं, असोज १३ : मध्य भोटेकोसी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि आइपिओ जारी गर्ने भएको छ।कम्पनीले सर्वसाधारणका प्रतिकित्ता १०० अंकित दरका ९० करोड...
असोज २० देखि मध्य भोटेकोसीको आइपिओ आउँदै

काठमाडौं, असोज १३ : मध्य भोटेकोसी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि आइपिओ जारी गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका प्रतिकित्ता १०० अंकित दरका ९० करोड बराबरको ९० लाख कित्ता आइपिओ जारी गर्ने भएको हो। 

कम्पनीले ९० लाख कित्ताको ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको बताएको छ। त्यसैगरी ४ लाख ५० हजार कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिनेछ । त्यसपछि बाँकी ८१ करोड ९० लाख कित्ता भने सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीको भनाइ छ। 

सर्वसाधारणले आइपिओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा असोज २५ गतेसम्म र सो समयमा पर्याप्त आवेदन नपरे ढिलामा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको विद्युत् आयोजना निर्माण गरिरहेको छ। 

मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट गरिसकेको छ।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्