Kathmandu Press

इक्वेडरमा कैदीहरूबीच झडप हुँदा २४ को मृत्यु, ४२ घाइते

क्विटो, असोज १३ : इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ।कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा...
इक्वेडरमा कैदीहरूबीच झडप हुँदा २४ को मृत्यु, ४२ घाइते
Hardik ivf

क्विटो, असोज १३ : इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ।

कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन्। त्यस क्रममा ४२ जना घाइते भएका छन्। 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो। यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्