Kathmandu Press

उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै बनाइएको भनाइ

प्योङयाङ असोज १३ : उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले...
उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै बनाइएको भनाइ

प्योङयाङ असोज १३ : उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो।

उत्तर कोरियाले मंगलबार सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो। तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन। यस क्रममा उत्तर कोरियाली सरकारले उक्त क्षेप्यास्त्र हालसालै मात्र बनाएको जानकारी सो समाचार समितिले बुधबार दिएको हो।

समयसमयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो। जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो। सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ।

हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्प्रेषण गरेका थिए। जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको थियो।

जापानले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको र उक्त क्षेप्यास्त्र आफ्नो देशको सीमाभित्रको समुद्रमा खसेको बताएको थियो। सो क्षेप्यास्त्र जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा खसेको अनुमान गरिएको थियो। उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ। 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्