Kathmandu Press

२० असोजमा विश्वासको मत लिँदै प्रदेश-२ का मुख्यमन्त्री राउत

जसपा, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका गरी सभामुखसहित ७९ सांसद छन् । एक सय चार सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५२ सांसद भए पुग्छ । त्यसैले मुख्यमन्त्री राउत भारी बहुमतमा छन् ।
२० असोजमा विश्वासको मत लिँदै प्रदेश-२ का मुख्यमन्त्री राउत

काठमाडौं, असोज १३ : प्रदेश-२ मा का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषदको बुधबारको बैठकले २० असोजमा प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने तालिका छ ।

जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ उपधारा २ को व्यवस्थाअनुसार उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । उक्त उपधारामा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभााजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’

प्रदेश-२ सभामा जसपाका ३९, कांग्रेस १९, लोसपा १६, नेकपा (एकीकृत समाजवादी) १३, माओवादी केन्द्र आठ, एमाले आठ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

जसपा, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका गरी सभामुखसहित ७९ सांसद छन् । एक सय चार सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५२ सांसद भए पुग्छ । त्यसैले मुख्यमन्त्री राउत भारी बहुमतमा छन् ।

प्रकाशित मिति: ११:३५ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्