Kathmandu Press

राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं, असोज १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेशमा मनाइने जितिया पर्वको अवसरमा शुभकामना दिएकी छन्।बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚...
राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं, असोज १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेशमा मनाइने जितिया पर्वको अवसरमा शुभकामना दिएकी छन्।

बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउने जनाएकी छन्। उनले पर्वका माध्यमबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन्।

तराई मधेश क्षेत्रमा सन्तानको सुख र समृद्धिका निमित्त यो पर्व मनाउने गरिन्छ। यो पर्व प्रत्येक वष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ।

प्रकाशित मिति: ०८:५६ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्